गीत ४६
धन्यवाद छ, यहोवा
-
१. धन्यवाद यहोवा, तिमीलाई हरक्षण;
दियौ हामीलाई अमूल्य वचन।
सुन्छौ तिमी हाम्रा बिन्ती, पुकारा;
बुझ्ने तिमी नै हाम्रा पीर बेथा।
-
२. धन्यवाद छ, दियौ पुत्र मायालु;
जिते संसार जसले भै भक्तालु।
इच्छा तिम्रो गर्न बाटो देखाउँछौ;
शपथ पूरा गर्न मदत दिन्छौ।
-
३. धन्यवाद छ, दियौ सुअवसर महान्;
तिम्रो नाउँ फैलाउनु हाम्रो सम्मान।
जब मेटाउँछौ यस जगत्को पीडा;
पाउनेछौँ आशिष् राज्यको सदा।
(भज. ५०:१४; ९५:२; १४७:७; कल. ३:१५ पनि हेर्नुहोस्)