गीत ३२
यहोवाको पक्ष लेऔँ!
-
१. झूटो धर्ममा फसेको थियो,
मन यो अलमलमा परेको थियो;
तर गद्गद भो खुसीले मन यो,
राज्यसन्देश त्यो सुनी।
(कोरस)
होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।
साथ कैल्यै नछोड्ने; वाचा यो उनकै।
सुसन्देश यो फैलाऊ शान्ति, मुक्तिको।
बढ्छ सधैँ शासन याहकै पुत्रको।
-
२. सब मिली याहको पक्ष लिन्छौँ।
सत्यलाई कुनाकुनामा छर्छौँ।
अन्तको दिन छ धेरै नजिकै;
पक्ष लेऔँ याहको ऐल्यै।
(कोरस)
होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।
साथ कैल्यै नछोड्ने; वाचा यो उनकै।
सुसन्देश यो फैलाऊ शान्ति, मुक्तिको।
बढ्छ सधैँ शासन याहकै पुत्रको।
-
३. नडराऊ, सैतानले के गर्छ र!
याहको सुरक्षा के कम छ र!
कम हामी, धेरै ती छन्, के भो र!
याहसामु को टिक्छ र!
(कोरस)
होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।
साथ कैल्यै नछोड्ने; वाचा यो उनकै।
सुसन्देश यो फैलाऊ शान्ति, मुक्तिको।
बढ्छ सधैँ शासन याहकै पुत्रको।
(भज. ९४:१४; हितो. ३:५, ६; हिब्रू १३:५ पनि हेर्नुहोस्)