पहिलो कोरिन्थी ३:१-२३

  • कोरिन्थीहरू अझै पनि सांसारिक सोचाइ राख्छन्‌ (१-४)

  • परमेश्‍वरले हुर्काउनुहुन्छ (५-९)

    • परमेश्‍वरका सहकर्मीहरू ()

  • आगोले नखाने कुराहरूद्वारा निर्माण गर्नू (१०-१५)

  • तिमीहरू परमेश्‍वरको मन्दिर हौ (१६, १७)

  • संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो (१८-२३)

३  त्यसैले हे भाइ हो, आध्यात्मिक* मानिसहरूसित कुरा गरेजस्तो गरी मैले तिमीहरूसित कुरा गर्न सकिनँ।+ तर शारीरिक सोचाइ राख्ने मानिसहरूसित अनि शिशुसमान ख्रिष्टियनहरूसित+ जस्तो गरी मैले कुरा गरेँ। २  मैले तिमीहरूलाई खँदिलो खानेकुरा होइन तर दूध खुवाएँ किनकि तिमीहरू पचाउन सक्ने भइसकेका थिएनौ। वास्तवमा तिमीहरू अहिले पनि त्यस्तै छौ+ ३  किनकि तिमीहरू अझै पनि शारीरिक सोचाइ राख्छौ।+ तिमीहरूमाझ डाह र कलह छ, त्यसैले के तिमीहरू शारीरिक सोचाइ राख्ने+ र संसारका मानिसहरूजस्तै हिँड्‌ने मानिसहरू भएनौ र? ४  यदि तिमीहरूमध्ये कोही “म पावलको चेला हुँ” भन्छौ र कोहीचाहिँ “म अपोल्लसको+ चेला हुँ” भन्छौ भने तिमीहरू संसारका मानिसहरूजस्तै भएनौ र? ५  त्यसोभए अपोल्लस को हो? अनि पावल को हो? तिनीहरू प्रभुले सुम्पनुभएको काम पूरा गर्ने सेवकहरू मात्र हुन्‌,+ जसद्वारा तिमीहरू येसुका चेला बन्यौ। ६  मैले रोपेँ,+ अपोल्लसले पानी हाले+ तर परमेश्‍वरले त्यसलाई हुर्काइरहनुभयो। ७  त्यसैले न रोप्ने महत्त्वपूर्ण हो न त पानी हाल्ने तर परमेश्‍वर, जसले त्यसलाई हुर्काउनुहुन्छ।+ ८  रोप्ने र पानी हाल्ने दुवै जना एक हुन्‌* तर हरेकले आफ्नो परिश्रमअनुसार इनाम पाउनेछ।+ ९  किनकि हामी परमेश्‍वरका सहकर्मीहरू हौँ। तिमीहरूचाहिँ खेतीपाती गरिएको परमेश्‍वरको खेत अनि परमेश्‍वरको भवन हौ।+ १०  परमेश्‍वरले मलाई देखाउनुभएको असीम अनुग्रहबमोजिम सिपालु निर्माताको रूपमा मैले जग बसालेँ + तर त्यसमाथि निर्माण भने अरू कसैले गरिरहेको छ। तर आफूले कसरी निर्माण गर्दै छु भनी हरेकले जाँचोस्‌। ११  किनकि पहिल्यै बसालिएको जगबाहेक अरू कुनै जग कसैले बसाल्न सक्दैन र त्यो जग येसु ख्रिष्ट हुनुहुन्छ।+ १२  अब यदि कसैले जगमाथि सुन, चाँदी, बहुमूल्य रत्न, काठ, पराल वा ठोसोले निर्माण गर्छ भने १३  परीक्षाको दिनमा हरेकको काम प्रकट हुनेछ किनभने आगोले त्यो प्रकट गर्नेछ।+ अनि हरेकको काम कस्तो छ, त्यो आगोले नै प्रमाणित गर्नेछ। १४  यदि जगमाथि निर्माण गरेको कसैको काम टिकिरहन्छ भने उसले इनाम पाउनेछ। १५  यदि कसैको काम जलेर नाश हुन्छ भने उसले नोक्सानी भोग्नेछ तर आफू भने बच्नेछ। यद्यपि ऊ आगोबाट मुस्किलले बचेको मानिसजस्तो हुनेछ। १६  तिमीहरू परमेश्‍वरको मन्दिर हौ+ अनि परमेश्‍वरको पवित्र शक्‍ति तिमीहरूमा बास गर्छ भनेर के तिमीहरूलाई थाह छैन?+ १७  यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने परमेश्‍वरले उसलाई नाश गर्नुहुनेछ किनकि परमेश्‍वरको मन्दिर पवित्र छ र तिमीहरू नै त्यो मन्दिर हौ।+ १८  कसैले आफूलाई धोका नदेओस्‌: यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा* बुद्धिमान्‌ छु भनी सम्झन्छ भने ऊ मूर्ख बनोस्‌ ताकि ऊ बुद्धिमान्‌ बन्‍न सकोस्‌। १९  यस संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो किनकि यस्तो लेखिएको छ: “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूकै चालमा फसाउनुहुन्छ।”+ २०  अनि फेरि: “बुद्धिमान्‌ मानिसहरूको तर्क व्यर्थ छ भनेर यहोवा* परमेश्‍वरलाई थाह छ।”+ २१  त्यसैले कसैले पनि मानिसहरूमा घमन्ड नगरोस्‌ किनकि परमेश्‍वरले सबै चिज तिमीहरूलाई दिनुभएको छ; २२  चाहे पावल, चाहे अपोल्लस, चाहे केफास,*+ चाहे यो संसार, चाहे जीवन, चाहे मृत्यु, चाहे अहिले यहाँ भएका चिजहरू वा चाहे पछि आउने चिजहरू, ती सबै तिमीहरूकै हुन्‌ २३  अनि तिमीहरू ख्रिष्टका हौ+ र ख्रिष्टचाहिँ परमेश्‍वरको हुनुहुन्छ।

फुटनोटहरू

वा “पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने।”
वा “दुवैको एउटै उद्देश्‍य छ।”
शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
तिनलाई पत्रुस पनि भनिन्छ।