येसु ख्रिष्ट
यहोवाको उद्देश्यमा येसुले कस्तो महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ?
प्रे ४:१२; १०:४३; २को १:२०; फिलि २:९, १०
हित ८:२२, २३, ३०, ३१; युह १:१०; प्रका ३:१४ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
मत्ति १६:१३-१७—प्रेषित पत्रुसले येसुलाई ख्रिष्ट र परमेश्वरको छोराको रूपमा चिनाए
-
मत्ति १७:१-९—येसुका तीन जना चेलाले भविष्यमा उहाँले पाउनुहुने महिमाको दर्शन देखे र यहोवाले उहाँलाई छोरा भनेर सम्बोधन गर्नुभएको सुने
-
येसु किन मानिसहरूभन्दा फरक हुनुहुन्थ्यो?
युह ८:५८; १४:९, १०; कल १:१५-१७; १प २:२२
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
मत्ति २१:१-९—येसु यरुसलेममा गधाको बछेडोमाथि सवार भएर आउनुहुँदा यहोवाले रोज्नुभएको मसीही राजाबारे गरिएको भविष्यवाणी पूरा भयो
-
हिब्रू ७:२६-२८—प्रेषित पावलले महान् प्रधानपुजारी येसु कसरी अरू सबै प्रधानपुजारीभन्दा फरक हुनुहुन्छ भनेर बताए
-
येसुले गर्नुभएका चमत्कारहरूबाट उहाँ र यहोवाबारे के सिक्न सक्छौँ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
मत्ति ४:२३, २४—येसुले आफूसित प्रेतहरूलाई वशमा पार्ने र जुनसुकै रोगबिमार निको पार्ने शक्ति छ भनेर देखाउनुभयो
-
मत्ति १४:१५-२१—येसुले चमत्कारपूर्ण तरिकामा पाँच वटा रोटी र दुई वटा माछा प्रयोग गरेर हजारौँ मानिसलाई खुवाउनुभयो
-
मत्ति १७:२४-२७—येसुले अरूलाई ठेस नपुगोस् भनेर मन्दिरको कर तिर्न पत्रुसलाई चमत्कारपूर्ण ढङ्गमा पैसा जुटाइदिनुभयो
-
मर्कु १:४०, ४१—एक जना कुष्ठरोगीको पीडा देखेर येसु टिठाउनुभयो र तिनलाई निको पार्नुभयो; उहाँ रोगबिमार निको पार्न मनैदेखि इच्छुक हुनुहुन्छ भनेर स्पष्ट हुन्छ
-
मर्कु ४:३६-४१—येसुले भयङ्कर आँधीलाई शान्त पार्नुभयो; यसबाट बुबाले उहाँलाई प्रकृतिमाथि अख्तियार दिनुभएको छ भनेर देखिन्छ
-
युह ११:११-१५, ३१-४५—येसु आफ्नो साथी लाजरसको मृत्यु हुँदा रुनुभयो; उहाँले तिनलाई फेरि जीवित पारेर मृत्यु र त्यसको असरलाई घृणा गरेको देखाउनुभयो
-
येसुको मुख्य सन्देश के थियो?
येसुले पृथ्वीमा छँदा कसरी निम्न मनमोहक गुणहरू देखाउनुभयो, याद गर्नुहोस्:
आज्ञाकारिता—लुका २:४०, ५१, ५२; हिब्रू ५:८.
करुणा; कृपा—मर्कु ५:२५-३४; लुका ७:११-१५.
नजिकिन सजिलो—मत्ति १३:२; मर्कु १०:१३-१६; लुका ७:३६-५०.
नम्रता—मत्ति ११:२९; २०:२८; युह १३:१-५; फिलि २:७, ८.
प्रेम—युह १३:१; १४:३१; १५:१३; १यु ३:१६.
बुद्धि—मत्ति १२:४२; १३:५४; कल २:३.
साहस—मत्ति ४:२-११; युह २:१३-१७; १८:१-६.
येसुले किन आफ्नो जीवन अर्पण गर्नुभयो र यसले गर्दा हामीलाई कस्तो फाइदा भएको छ?
येसु स्वर्गमा राजाको रूपमा शासन गर्दै हुनुहुन्छ भनेर थाह पाउँदा हामी किन खुसी हुनुपर्छ?
भज ७२:१२-१४; दा २:४४; ७:१३, १४; प्रका १२:९, १०
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
भज ४५:२-७, १६, १७—परमेश्वरले रोज्नुभएको राजाले आफ्ना सबै शत्रुमाथि विजय हासिल गर्नुहुनेछ अनि सत्यता, नम्रता र धार्मिकतासहित शासन गर्नुहुनेछ
-
यसै ११:१-१०—येसुले राजाको रूपमा शासन गर्नुहुँदा पृथ्वीमा शान्ति छाउनेछ
-
येसुले निकट भविष्यमा के गर्नुहुनेछ?