सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?

हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?

हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?

◼ के पृथ्वीमा सम्भवतः ७० वा ८० वर्षको छोटो जीवन बाँच्नु अनि मर्नु हो? के परमेश्‍वरको उद्देश्‍य असल व्यक्‍तिहरूलाई स्वर्गमा लगेर राख्नु हो? परमेश्‍वरले पृथ्वी किन सृजनुभयो? के मानिसजातिको लागि यो एउटा केवल अस्थायी घरमात्र हो?

परमेश्‍वरले पृथ्वी मानिसजातिको स्थायी घरको रूपमा बनाउनुभयो भनी पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌! नामक ३२ पृष्ठे पुस्तिकाले बताउँछ। राम्रो हेरचाहद्वारा एउटा सुन्दर प्रमोदवन बनोस्‌ भनेर हाम्रो पृथ्वी बनाइएको थियो। यस पुस्तिकाको “मानिस किन मर्छ?” र “मृत्यु के हो?” जस्ता विषयले कुरा कहाँ बिग्रियो भनेर बताउनुका साथै “यहोवाले हाम्रो लागि एउटा मुक्‍तिदाता दिनुभएको छ” र “पाप र मृत्युबाट हामी कसरी बाँच्छौं?” जस्ता विषयले चाहिं पृथ्वी कसरी मानिसजातिको लागि एउटा अनुपम प्रमोदवन बन्‍नेछ भनी बताउँछ।

पुस्तिकामा ७५ भन्दा धेरै चित्रहरू छन्‌, हरेक चित्रमा एउटा अथवा त्योभन्दा धेरै बाइबल पदहरू छन्‌। ती पदहरूले चित्रहरूबारे छलफल गर्ने आधार दिन्छ। यदि तपाईंका बच्चाहरू छन्‌ भने परमेश्‍वरको उद्देश्‍यबारे तिनीहरूलाई सिकाउन तपाईं ती चित्रहरू प्रयोग गर्न सक्नुहुन्छ। (g05 7/22)

यदि तपाईं यस पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌।

□ म कुनै बाध्यतामा नपरी, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।