बोटबिरुवाहरू—औषधीहरूको एउटा अमूल्य स्रोत
बोटबिरुवाहरू—औषधीहरूको एउटा अमूल्य स्रोत
मानिसहरू भर पर्ने आधुनिक समयका औषधीहरूको एक चौथाइ—पूर्ण वा आंशिक रूपमा—बोटबिरुवाहरूमा पाइने रासायनिक पदार्थहरूबाट बनाउन सुरु गरिएका थिए भनी विशेषज्ञहरू अनुमान गर्छन्। यस तथ्यलाई अक्सर विभिन्न जडीबुटी उपचारको प्रवर्धन गर्ने व्यक्तिहरूले उल्लेख गरेका छन्।
औषधीको रूपमा प्रयोग गर्न सकिने वनस्पतिबारे अधिकांश अनुसन्धानको उद्देश्य सक्रिय मिश्रणलाई अलग गर्नु हो। यस किसिमको मिश्रणको एउटा सर्वोत्कृष्ट उदाहरण एस्प्रिन हो, जुन सेतो तिसी रूखको बोक्रामा पाइने सालिसिनबाट प्राप्त गरिन्छ।
बोटबिरुवामा पाइने सक्रिय मिश्रणहरूलाई अन्य तत्त्वहरूबाट अलग गरिसकेपछि, यसलाई पर्याप्त र एकदमै ठिक्क मात्रामा प्रयोग गर्न सकिन्छ। एउटा सन्दर्भ-सामग्री यसो भन्छ: “एस्प्रिनबाट लाभ उठाउन वा डिजिटालिको जीवनदायी तत्त्वबाट पूर्णतया लाभ उठाउन तिसीको बोक्रा वा फक्सग्लोबजस्ता प्राकृतिक तत्त्वहरू प्रशस्त मात्रामा खानुभन्दा एउटा चक्की खानु नै प्रभावकारी साबित हुन्छ।”
अर्कोतर्फ, औषधीको रूपमा प्रयोग गर्न सकिने वनस्पतिबाट सक्रिय मिश्रण अलग गर्नुका नकारात्मक पक्षहरू हुन सक्छन्। एउटा कारण त, यसो गर्दा बोटबिरुवामा भएका अन्य तत्त्वहरूले प्रदान गर्ने कुनै पनि किसिमको पोषणयुक्त तथा औषधीका सम्भाव्य फाइदाहरू गुमाउनुपर्ने हुन सक्छ। त्यति मात्र कहाँ हो र, रोग उत्पन्न गर्ने कुनै-कुनै सूक्ष्म जीवहरू, तिनीहरूलाई लक्षित गरेर बनाइएको औषधीको प्रतिरोध गर्न सक्ने भएका छन्।
औषधीको रूपमा प्रयोग गर्न सकिने वनस्पतिबाट सक्रिय मिश्रण अलग गर्नुका नकारात्मक पक्षहरूको उदाहरण सिन्कोनाको रूखको बोक्राबाट निकालिने कुइनाइन भनिने तत्त्व हो। कुइनाइनले औलो उत्पन्न गर्ने परजीवीहरूको ठूलो प्रतिशत खत्तम पार्ने भए तापनि यसले खत्तम नगरेको परजीवीहरू भने अन्य परजीवीहरू मरेपछि स्याउँस्याउँती बढ्छन्। एउटा सन्दर्भ-सामग्री यसो भन्छ: “यस्तो प्रतिरोध औषधीजगत्मा एउटा ठूलो चिन्ताको विषय बनेको छ।” (g03 12/22)
[पृष्ठ २७-मा भएको चित्र]
यो सेतो तिसी रूखबाट एस्प्रिन बनाइन्छ
[स्रोत]
USDA-NRCS PLANTS Database/Herman, D.E. et al. 1996. North Dakota tree handbook
[पृष्ठ २७-मा भएको चित्र]
सिन्कोनाको रूख, जसबाट कुइनाइन निकालिन्छ
[स्रोत]
Courtesy of Satoru Yoshimoto