पाठकहरूका प्रतिक्रिया
पाठकहरूका प्रतिक्रिया
प्रेमरहित विवाह हाम्रो वैवाहिक जीवनमा फाटो आउन थालिसकेको थियो। लाग्थ्यो मेरो श्रीमान् र म एकअर्कालाई प्रेम गर्दैनथ्यौं तैपनि सहेर सँगै बसिरहेका थियौं। कहिलेकाहीं त छुटानाम गर्ने विचार नगरेको पनि होइन। तर “के हाम्रो वैवाहिक जीवन बचाउन सकिएला?” (फेब्रुअरी ८, २००१) विषयको श्रृंखलाबद्ध लेखको लागि धेरै धन्यवाद, हाम्रो प्रेमलाई यसले फेरि जगाएको छ।
इ. आर., स्पेन (g01 9/8)
म एक जना मसीही पत्नी हुँ। तैपनि, गत वर्ष मेरो वैवाहिक जीवन संकटमा पऱ्यो। किनभने मेरो श्रीमान् र मैले एकअर्कालाई धेरै चोट पुऱ्याएका थियौं। त्यसले गर्दा हाम्रो सम्बन्ध फेरि पहिले जस्तो होला भन्ने लागेकै थिएन। तर मैले यी लेखहरू पढ्दा यहोवाले नै यसो भनिरहनुभएको जस्तो लाग्यो, ‘हार नमान!’ यसबाट मैले हामीबीच कुनै समय भएको न्यानो मायालाई पुनः जगाउन सकारात्मक कदमहरू चाल्ने प्रेरणा पाएँ। मेरो श्रीमान्ले पनि सकारात्मक प्रतिक्रिया देखाइरहनुभएको छ। म यी लेखहरू बारम्बार पढ्नेछु।
एन. एच., जापान (g01 9/8)
मेरो वैवाहिक जीवन सुखी भएकोले अरूलाई मदत गर्न उपयोगी हुनेछन् भन्ने विचार गर्दै मैले यी लेखहरू पढ्न थालें। तर यी श्रृंखलाबद्ध लेखहरूको सुरुमै मेरो आफ्नै वैवाहिक बन्धनलाई समेत अझ बलियो बनाउने व्यावहारिक सुझाउहरू समावेश गरिएको मैले पाएँ।
एम. डी., इटाली (g01 9/8)
मेरो मण्डलीको एक जना मसीही बहिनीले विश्वासमा नभएको आफ्नो पतिसित झगडा भएको कारण दुवै जना छुट्टिएर बसेको कुरा मलाई बताइन्। त्यसको केही समयपछि तिनले मलाई परिस्थिति पहिले भन्दा सुध्रिएको कुरा बताइन्। तिनले यी लेखहरू “उत्सुकतासाथ पढेकी” हुनाले समस्याहरू समाधान गर्न मदत पाएकी रहिछे। विशेष गरी वार्तालापसम्बन्धी सुझाउहरू उपयोगी भएको कुरा तिनले मलाई बताइन्। तिनी तथा तिनको श्रीमान् अहिले सँगै बस्न थालेका छन्।
एन. एस., क्यानाडा (g01 9/8)
चटक “बोल्ने को हो?” (फेब्रुअरी ८, २००१) विषयको लेख पढेर म रणभुल्लमा परेको छु। के शैतानले पनि हव्वालाई भर्माउन यही माध्यम अपनाएको होइन र? छल अनि षड्यन्त्र मसीही जीवनको भाग हुनु नपर्ने हो।
बी. एच., अमेरिका
शैतानले हव्वालाई छक्क्याए तापनि यस्तै चटक गरेर त्यसो गरेको हुनसक्दैन किनकि यस्तो चटक देखाउन विशेष प्रकारले सास फेर्ने र बोल्ने तरिकाहरू सिक्नुपर्छ र शैतान आत्मिक प्राणी हो। मनोरञ्जनमा चटक कलाको प्रयोग गर्न निषेध गर्ने कुनै शास्त्रीय आधार छैन। हो, कसैप्रति द्वेष राखेर तिनलाई छक्क्याउनु वा बाइबलकालीन समयमा कसैकसैले गरेजस्तै प्रेतवादसम्बन्धी चलनहरूको प्रचारप्रसार गर्नुको लागि यस्ता सीपहरू प्रयोग गर्नुचाहिं गलत हो। (यशैया ८:१९)— सम्पादक। (g01 9/8)
मलाई पनि यो कला मनपर्छ र थुप्रै मसीही जमघटहरूमा यस्तो चटक देखाइसकेको छु। यस लेखले उल्लेख गरेझैं मानिसहरूको कानले आवाज कुन दिशाबाट आएको हो भनेर तुरुन्तै ठम्याउन सक्दैनन्। तथापि, आश्चर्यको कुरा यस सन्दर्भमा जनावरलाई भने छक्क्याउन सकिंदैन रहेछ। मैले आफ्नो पुतलीलाई प्रयोग गरेर मेरो कुकुरसित कुरा गरें भने त्यसले मलाई हेर्छ पुतलीलाई होइन। यहोवाले जनावरहरूलाई एकदमै तीक्ष्ण कान दिनुभएको रहेछ।
एल. आर., अमेरिका (g01 9/8)
किशोरावस्थामा डेटिङ गर्ने म १५ वर्षीया केटी हुँ र मैले “युवा जनहरू सोध्छन् . . . आमाबुबा भन्नुहुन्छ मेरो डेटिङ गर्ने उमेरै पुगेको छैन, के गर्ने?” (फेब्रुअरी ८, २००१) लेखबाट धेरै आनन्द उठाएँ। म अहिलेसम्म कसैसित डेटिङमा गएको छैन, त्यसैकारण मेरा स्कूलका साथीहरू मलाई तिमी त समलिंगी पो हौ कि क्या हो भनेर सोध्छन्। म प्रायजसो तिनीहरूलाई मेरो आमाबुबाले डेटिङ गर्न दिनुहुन्न भन्ने जवाफ दिन्थें तर म तिनीहरूलाई त्योभन्दा राम्रो जवाफ दिन चाहन्थें। यो लेख पढेपछि भने तिनीहरूलाई कसरी जवाफ दिनुपर्ने हो सो थाह पाएँ। हामी किशोरकिशोरीहरूको पनि ख्याल गर्नुभएकोमा धेरै धन्यवाद।
सी. जी., अमेरिका (g01 9/22)