औषधोपचारका अग्रणीहरू
औषधोपचारका अग्रणीहरू
बेल्जियमको एउटा सानो शहर, उपेयाका ६१ वर्षीय झोजालाई कलेजो फेर्नु आवश्यक छ भनियो। तिनी भन्छन्, “म त छांगोबाट खसेझैं भएँ।” चार दशकअघिसम्म मात्र पनि कलेजो फेर्ने कुरा सोच्नसमेत सकिन्न थियो। सन् १९७० को दशकमा पनि कलेजो फेरेर बाँच्नेहरू ३० प्रतिशत मात्र हुन्थे। तथापि, आज कलेजो फेर्नु सामान्य कुरा भइसक्यो र सफलताको दर पनि त्यत्तिकै बढेर गएको छ।
तैपनि एउटा ठूलो अवरोध भने जस्ताको तस्तै छ। कलेजो फेर्दा अक्सर निकै रक्तस्राव हुने भएकोले डाक्टरहरू शल्यक्रिया गर्दा अक्सर रक्तक्षेपण गर्छन्। आफ्नो धार्मिक आस्थाका कारण झोजा रक्तक्षेपण गर्न चाहँदैनथे। तर तिनी कलेजो फेर्न भने चाहन्थे। कसै कसैलाई त यो असम्भव छ जस्तो लाग्ला। तर एक प्रमुख शल्यचिकित्सकले आफू र आफ्ना साथीहरूका लागि यसलाई रगतबिना सफलतासाथ शल्यक्रिया गर्ने मौकाको रूपमा लिए। तिनीहरूले झोजाको शल्यक्रिया गरे र शल्यक्रिया गरेको २५ औं दिनमा झोजा आफ्नी श्रीमती र छोरीसित घर फर्के। a
टाइम पत्रिकाले “औषधोपचारका हिरोहरू” भनी सम्बोधन गरेका व्यक्तिहरूको सीप अनि कुशलताले गर्दा रक्तविहीन औषधोपचार तथा शल्यक्रिया पहिलेको तुलनामा अहिले निकै प्रचलित भइसकेको छ। अनि यसको माग बढिरहेको छ। तर किन? यस प्रश्नको जवाफ पाउन आउनुहोस्, रक्तक्षेपणको कटु इतिहास केलाऔं।
[फुटनोट]
a अंग प्रत्यारोपणलाई यहोवाका साक्षीहरू आफ्नो व्यक्तिगत अन्तस्करणमा छोड्छन्।
[पृष्ठ ३-मा भएको चित्र]
विश्वभरि हाल ९०,००० भन्दा बढी डाक्टरहरूले आफू यहोवाका साक्षीहरूको रगतबिना उपचार गर्न राजी भएको कुरा प्रस्ट पारिसकेका छन्