बेथेल टुर
हामी तपाईँहरूलाई हाम्रा कार्यालयहरूमा भ्रमण गर्न हार्दिक निमन्त्रणा दिन्छौँ। हाम्रा कुनै-कुनै कार्यालयहरूमा आफै घुम्न मिल्ने प्रदर्शनीहरू पनि राखिएका छन्।
बेथेल टुर सुचारु भएको जानकारी: थुप्रै देशहरूमा जून १, २०२३ देखि हाम्रा शाखाहरूको टुर पुनः सुचारु गरिएको छ। यसबारे विस्तृत जानकारी पाउनको लागि तपाईँले टुर गर्न चाहनुहुने शाखामा सम्पर्क गर्नुहोस्। यदि तपाईँ हाल कोभिड-१९ बाट सङ्क्रमित हुनुहुन्छ, रुघाखोकीको लक्षण देखिएको छ वा हालै कोभिड सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने कृपया अहिलेको लागि टुर गर्न नआउनुहोस्।
युक्रेन
टुरसम्बन्धी जानकारी
प्रदर्शनी
टुर गाइडले गराउने टुरको अलावा दुई वटा प्रदर्शनी हेर्न सक्नुहुनेछ। एउटा प्रदर्शनीमा युक्रेनमा भएको प्रचारकार्यको इतिहासबारे थाह पाउन सक्नुहुनेछ, जुन १०० वर्षभन्दा अघि सुरु भएर आजसम्म चलिरहेको। युक्रेन सोभियत सङ्घको भाग हुँदा यहाँका यहोवाका साक्षीहरूले के-कस्ता सतावट भोग्नुपरेको थियो र हजारौँ यहोवाका साक्षीहरूलाई कसरी साइबेरियामा निर्वासनमा पठाइएको थियो भनेर यहाँ देखाइएको छ। अर्को प्रदर्शनीमा बाइबलका दुर्लभ प्रतिहरू राखिएका छन्। साथै रूसी र युक्रेनियन भाषाका बाइबल अनुवादहरूमा परमेश्वरको नामलाई कसरी कायम राखियो भनेर पनि देखाइएको छ। पाहुनाहरूले बेथेल परिसर आफै अवलोकन गर्न सक्नुहुनेछ र अतिथि कक्षमा केही खानेकुराको आनन्द पनि लिन सक्नुहुनेछ।
ठेगाना र फोन नम्बर