बाइबलले क्रिसमसबारे के भन्छ?
बाइबलको जवाफ
बाइबलमा येशूको जन्म ठ्याक्कै कहिले भएको थियो भनेर बताइएको छैन। अनि उहाँको जन्मदिन मनाउनुपर्छ भनेर पनि कतै लेखिएको छैन। एउटा विश्वकोश a यसो भन्छ: “क्रिसमस मनाउनु कुनै ईश्वरीय निर्देशन होइन न त नयाँ नियममा यस बारे कुनै आज्ञा नै दिइएको छ।”
इतिहास केलाउने हो भने क्रिसमसको सुरुवात गैर-ख्रीष्टियन धर्मसित सम्बन्धित छ। परमेश्वरलाई उचित तरिकामा उपासना गरेनौं भने हामीले उहाँको अपमान गरिरहेका हुन्छौं भन्ने कुरा बाइबलबाट थाह पाउन सक्छौं।—प्रस्थान ३२:५-७.
क्रिसमससित सम्बन्धित चलनहरूको इतिहास
१.येशूको जन्मदिन मनाउने: एउटा विश्वकोश b यसो भन्छ, “सुरु-सुरुका ख्रीष्टियनहरू येशूको जन्मदिन मनाउँदैन थिए। तिनीहरू कसैको जन्मदिन मनाउनुलाई गैर-ख्रीष्टियन चलन ठान्थे।”
२.डिसेम्बर २५: येशू यो मितिमा जन्मनुभएको थियो भन्ने कुराको कुनै प्रमाण छैन। चर्चहरूले रोमी चाडबाड वा मकर सङ्क्रान्तिसँग यो मिति मिलाउन डिसेम्बर २५ छानेका हुन सक्छन्।
३.उपहार दिने, भोजभतेर: एउटा विश्वकोशअनुसार c “डिसेम्बरको बीचतिर रोमीहरूले मनाउने चाडपर्व ‘साटर्निलिया’-मा मैनबत्ती बाल्ने, उपहार दिने र भोजभतेर गर्ने कुरा व्याप्त थियो। क्रिसमसमा पनि यही चलनको प्रभाव देखिन्छ।” अर्को विश्वकोशअनुसार d ‘साटर्निलिया’-को दिन “सबै काम अनि व्यापार बन्द गरिन्थ्यो।”
४.क्रिसमसमा बालिने बत्ती: एउटा धर्मसम्बन्धी विश्वकोशअनुसार e विगतमा युरोपेलीहरू मकर सङ्क्रान्ति मनाउन र दुष्ट स्वर्गदूतहरूलाई भगाउन आफ्नो घर झिलीमिली बनाउँथे।
५.मिसल्टो, होली: यी बोटबिरुवाहरू क्रिसमसमा सजाउनको लागि प्रयोग गरिन्छ। एउटा विश्वकोशअनुसार f “मिसल्टोमा जादुई शक्ति हुन्छ भनेर जादुगरहरू मानिलिन्थे। सूर्य फर्कने प्रतिज्ञाको स्मरण गर्न होली बोटको उपासना गरिन्थ्यो।”
६.क्रिसमस रूख: एउटा विश्वकोश g यसो भन्छ “रूखको उपासना गर्ने चलन युरोपका गैर-ख्रीष्टियनहरूमा व्याप्त थियो। पछि उनीहरूले ख्रीष्टियन धर्म अङ्गाल्दा यो चलनलाई पनि सँगै भित्र्याए। तिनीहरू जाडो बिदाको समयमा घरको ढोका नजिक वा घरभित्र क्रिसमस रूख राख्ने गर्थे।”
a McClintock and Strong’s Cyclopedia
b The World Book Encyclopedia.
c The Encyclopedia Americana
d Encyclopædia Britannica
e The Encyclopedia of Religion
f The Encyclopedia Americana
g Encyclopædia Britannica