कुनै धार्मिक सङ्गठनको सदस्य हुनैपर्छ र?
बाइबलको जवाफ
हो, हुनु आवश्यक छ। किनभने हामी उपासनाको लागि एक ठाउँमा भेला भएको परमेश्वर चाहनुहुन्छ। बाइबल भन्छ: “आपसमा गहिरो चासो राखेर हामी एक-अर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं, कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं।”—हिब्रू १०:२४, २५.
येशूले यसो भन्नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।” (यूहन्ना १३:३५) येशूको यो भनाइबाट उहाँका चेलाहरूले एउटा व्यवस्थित समूह बनाउने थिए भन्ने कुरा थाह पाउन सक्छौं। यस्तो प्रेम देखाउन चेलाहरू सङ्गी उपासकहरूसित समूह-समूहमा भेला भएर परमेश्वरको उपासना गर्नुपर्थ्यो। (१ कोरिन्थी १६:१९) अनि यी समूहहरू मिलेर एउटा अन्तरराष्ट्रिय परिवार बन्ने थियो।—१ पत्रुस २:१७.
सदस्य बनेर मात्र पुग्दैन
बाइबलले परमेश्वरको उपासना गर्न एक ठाउँमा भेला हुनुपर्छ भनेर सिकाएको छ तर कुनै धर्मको सदस्य हुँदैमा परमेश्वरलाई खुसी बनाउन सकिन्छ भन्ने कुरा चाहिं सिकाउँदैन। परमेश्वरलाई खुसी बनाउन हामी प्रत्येकले सिकेका कुराहरू आफ्नो जीवनशैलीमा लागू गर्नुपर्छ। उदाहरणको लागि, बाइबल भन्छ: “हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।”—याकूब १:२७.